
२० कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलमा रहेको घर खाली गर्न घरधनीले सार्वजानिक सूचना जारी गरेका छन् ।
ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घर १५ दिन भित्र खालि गर्न घरधनी रविभक्त विष्टले राष्ट्रपति कार्यालय शितल निवास तथा पुर्व राष्ट्रपतिको नाममा सार्वजनिक सूचना जारी गरेका हुन् ।
यो वर्ष साउनदेखि घर बहालको सम्झौता नवीकरण नभएको, बिजुलीको बिल समेत नतिरेको, राष्ट्रपति कार्यालय शितल निवास तथा पुर्वराष्ट्रपतिलाई पटक पटक घर खाली गर्न लिखित सूचना दिँदा समेत खाली नभएको विष्टले बताएका छन् । (हेर्नुस् सूचना)
No comments:
Post a Comment