• Breaking News

    Monday, October 30, 2017

    उदयपुरको कटारीमा सुमो दुर्घटना


    १३ कात्तिक, उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो जीप दुर्घटनामा परेको छ ।
    ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थनमा रहेको भीरबाट खसेर दुर्घटनामा परेको हो ।स्थानीयवासीले ४ जनाको मृत्यु भएको जानकारी दिए पनि प्रहरीले त्यसको पुष्टि गर्न नसकिने बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले दिएको जानकारी अनुसार सुमो सडकबाट खसेको छ र प्रहरी घटनास्थलमा पुग्ने क्रममा छ ।

    उनले स्थानीयवासीले फोन गरेर टिपाएको खबर अनुसार चार जनाको मृत्यु भए पनि पुष्टि भइनसकेको प्रष्ट पारे । घटनाको अाधिकारिक विवरण अाउन बाँकी छ ।

    २०७४ कार्तिक १३ गते १४:५५ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel