• Breaking News

    Monday, October 30, 2017

    गुल्मीमा माइक्रोबस भीरबाट खस्यो, ७ जनाको मृत्यु


    १३ कात्तिक, काठमाडौं । गुल्मीमा माइक्रोबस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । १३ जना सवार माइक्रो बसका अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

    बुटवलबाट तम्घास जाँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार ४ भीरबाट झण्डै ५ सय मीटर तल खसेको हो ।

    दुर्घटनास्थलबाट ७ जनाको शव निकालिएको र ६ जनालाई उद्दार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी प्रमुख अनुराग द्विेदीले बताए । दुर्घटनाका मृतकहरुको परिचय खुल्न बाँकी छ ।

    दुई दिन अघि सप्तरीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा ३१ जनाको मृत्यु भएको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel