१४ कात्तिक, काठमाडौं । हत्याको आरोपमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।
ढुंगेललाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो । सातदोबाटोस्थित डेराबाट निस्कने वित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरी हेडक्वाटर लगिएको बुझिएको छ ।
यसबारे प्रहरीले आधिकारिक जानकारी केही पनि दिएको छैन ।

No comments:
Post a Comment