• Breaking News

    Monday, October 30, 2017

    विमानस्थलको एक्स-रे मेसिन बिग्रिएपछि यात्रुहरु सास्तीमा


    १४ कात्तिक, विराटनगर ।
    विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स रे मेसिन बिग्रिएपछि यात्रुहरु सास्ती ब्यर्होन बाध्य भएका छन् । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स रे मेसिन बिग्रिएर बन्द भएको तीन महिना बितिसक्दा पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

    गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । विमानस्थलको यात्रुले ल्याएका सामान चेक जाँच गर्ने होल्ड ब्यागेज र यात्रुले आफुसँग बोकी ल्याएको ब्याग चेक–जाँच गर्ने हेन्ड ब्यागेज एक्स रे मेसिन बिग्रिएको छ ।

    मेसिन बिग्रिएपछि यात्रुले चेक–जाँच गराउन घन्टौंसम्म लाइन बस्न बाध्य छन् । मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एकाएक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्दा यात्रुलाई धेरै समय कुर्नुपरेको छ ।

    विराटनगर नागरिक उड्डयन कार्यालयले भने विग्रिएको मेसिन काम नलाग्ने अवस्थामा पुगेको र नयाँ खरिद गर्नुपर्ने भएकाले समय लागेको जानकारी दिएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel