१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा आज प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला, घोषणापत्र मस्यौदा समितीका संयोजक महेश आचार्यले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कांग्रेसले अबको १० वर्षभित्र नेपाललाई विकसित, भ्रष्टाचार र भोकमरी मुक्त देश बनाउन ५ खर्ब रुपैयाँसम्मको विदेशी लगानी भित्रयाएर युवालाई स्वरोजगार बनाउने योजना अगाडी सारेको छ ।
कार्यक्रममा सभापति देउवाले कांग्रेसले मात्रै मुलुकको आर्थिक सम्बृद्धि, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्ने दाबी गरे । वाम गठबन्धनतर्फ इँगित गर्दै उनले नेपालमा कम्यूष्टि शासन लाद्न खोजिएको तर कांग्रेसले त्यसलाई सफल हुन नदिने जिकिर गरे ।

No comments:
Post a Comment