१३ कात्तिक, काठमाडौं । गुल्मीमा माइक्रोबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा यात्रु थपेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ८ की सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका बिष्णु पाण्डेय र चालक भीम घर्ति र अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् ।
सनाखतको लागी शव जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । घाइते हुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment