• Breaking News

    Friday, August 18, 2017

    बाढी पहिरोको समयमा करिव १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान


    काठमाडौं । बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि आवश्यक सहयोग पु¥याउन गरेको व्यवस्थामा नेपाल टेलिकमले देशका विभिन्न स्थानमा करिव १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान गरेका छन् ।

    टेलिकमका अनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएका छन् ।देशका विभिन्न भागमा बाढी पहिरोबाट नेपाली जनता पीडित भइरहेको अवस्थामा राहत कार्यमा सहयोग पुगोस् तथा पीडितहरुलाई आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो निःशुल्क एसएमएसको व्यवस्था गरिएको हो ।

    त्यसैगरी कम्पनीको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको छ । सो विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel