• Breaking News

    Friday, August 18, 2017

    शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे


    बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो । यस्तोमा मुबारकांले जब ह्यारी मेट सेजलसँग तगडा प्रतिस्पर्धा गर्नुका साथै दोस्रो हप्तामा योभन्दा निकै अघि आएको छ । ह्यारी मेट सेजलले कूल ६१.०५ करोडको कमाई गर्यो, फिल्म घाटामा गयो । यसको लागत ८० करोड भारु हो ।

    दोस्रो हप्तामा शाहरुखको फिल्म फिल्म चल्न निकै मुश्किल मानिरहेको छ तर मुबारकांले यतिबेला ६.०८ करोडको कमाई गर्यो । जबकी शाहरुखको जब ह्यारी मेट सेजलले दोस्रो हप्तामा २.८५ करोडको कमाई गरेको छ । आठौं, नवौं र १० औं दिनमा मुबारकांले वब ह्यारी मेट सेजलभन्दा धेरै कमाई गर्यो । जब ह्यारी मेट सेजलले आठौं दिन ०.७५ करोड, नवौं दिन १.१ करोड र १० औं दिन १ करोड कमाई गर्यो जबकी मुबारकांले आठौं दिन १.०५ करोड, नवौं दिन २ करोड र १० औं दिन ३.०३ करोड रुपैयाँ कमाएको छ । दोस्रो विकेन्डमा मुबारकांका केही शो हाउसफूल पनि भयो तर जब ह्यारी मेट सेटलको भने त्यस्तो हुन सकेन ।

    इम्तियाज अलीको निर्देशनमा बनेको जब ह्यारी मेट सेजल ३ हजार १ सय स्क्रिनमा रिलिज भएको थियो । यति हुँदा हुँदै पनि यसले सुरुवाती तीन दिनमा ५० करोडको कमाईको आँकडा पनि छुन पाएन । फिल्मको पहिलो विकेन्ड कलेक्सन कूल ४५.७५ करोड रहेको थियो ।

    फिल्म जब ह्यारी मेट सेजलले क्रिटिक्सलाई मात्र नभई प्रशंसकलाई पनि निराश गरेको छ । फिल्मको ओपनिङ कलेक्सनको कुरा गर्ने हो भने फिल्मले बक्स अफिसमा पहिलो दिन मात्र १५ करोडको कलेक्सन गर्न सक्यो । फिल्मले धेरैजसो नकारात्मक टिप्पणी मात्र पाइरहेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel