• Breaking News

    Thursday, August 17, 2017

    बाढी पीडितलाई सगुनको १० हजार डलर सहयोग


    ३२ साउन, काठमाडौं । तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि सगुन डट कमले १० हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

    प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगुनले बिज्ञप्तिमार्फत तराईका जनताका लागि १० हजार डलर सहयोग गर्ने घोषणा गरेको हो ।

    सहयोग धुर्मुस-सुन्तली फाउण्डेसनमार्फत पीडितसमक्ष पुर्‍याइने सगुनले जनाएको छ । यसअघि भूकम्पपीडितलाई गरेको सहयोग पनि सगुनले धुर्मुस सुन्तली फाउण्डेसनमार्फत उपलब्ध गराएको थियो ।

    बाढीले तराईका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । यहाँको भौतिक सम्पत्तिमा धेरै क्षति पुगेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel