
युवा पुस्तामा टाइगर श्राफ निकै चर्चित भारतीय अभिनेता हुन् । उनी कार्यक्रममा धेरैजसो आफ्नो नरम व्यवहारका लागि परिचित छन् । केही समय अघि आफ्नी बहिनीका बारे जे भनेका छन्, त्यसले वास्तविक रुपमै अचम्मित तुल्याउँछ ।
टाइगर श्राफका अनुसार जब बहिनी कृष्णाको कुरा आउँछ तब उनी धेरै रक्षात्म हुन्छन् । ‘म आफ्नी बहिनीलाई कम्बलले बेरेर राख्न चाहन्छु । ’ उनले भने, ‘मेरो यो सोचका लागि सायद मानिसहरुले मेरो आलोचना गर्लान् तर त्यसले केही फरक पार्दैैन किनभने मानिसहरुले कुनै पनि कुरा आफ्नो दृष्टिकोणले हेर्ने गर्दछन् ।’
टाइगरलाई उनको बहिनीले पिठ्युँमात्र देखाएर खिचेको फोटोलाई टपलेस भनेर चर्चा गरिँदा उनले यसमा किन प्रतिक्रिया दिएनन् भन्ने प्रश्न सोध्दा उनले भने, ‘मैले ती तस्बिर बारे यसकारण केही प्रतिक्रिया दिइनँ किनभने मेरी बहिनीले जुन पोष्ट गरेकी थिइन् त्यसमा मलाई केही गलत लागेको थिएन । धेरै मानिसहरु विभिन्न प्रकारको फोटोसुट गर्ने गर्दछन् र तस्बिरहरु पोष्ट गर्दछन् यस्तोमा बहिनीले आफ्नो मर्जीले आफूलाई मनपरेको फोटो पोष्ट गर्न सक्छिन् । हरेकलाई आफ्नो निर्णय लिने स्वतन्त्रता हुन्छ र यसमा सधैं अरुको सकारात्मक प्रतिक्रियाको आशा गर्न सक्नुहुन्न ।’

यतिमात्र होइन, टाइगर श्राफले बहिनी कृष्णासँग आफ्नो निकै राम्रो सम्बन्ध भएको पनि बताए । उनको फिल्ममा बुवा ज्येके श्राफले भन्दा बहिनीले प्रतिक्रिया दिने गरेको पनि उनले जानकारी दिए । उनले भने, ‘उनी मेरी बेस्ट क्रिटिक्स हुन् ।’ कथादेखि सिंगल सटसम्म टाइगरका लागि उनको बहिनीको धारणा निकै महत्वपूर्ण छ ।
टाइगरले भने कि फिल्म मुन्ना माइकलको शुटिङका बीच पनि कृष्णा उनको साथ सेटमा रहने गरेकी थिइन् । त्यहाँ मलाई हरेक शटको अझ राम्रो कसरी गर्न सकिन्छ भन्ने मद्दत गर्थिन् ।
No comments:
Post a Comment