• Breaking News

    Tuesday, August 1, 2017

    तीन वर्षपछि आउँदैछ सञ्जय दत्तको फिल्म, तर लाग्यो पोस्टर चोरीको आरोप

    काठमाडौं, १६ साउन — सञ्जय दत्त जेलबाट निस्केपछि बलिउडमा कमब्याक गर्दैछन् र सबैजना उनको नयाँ फिल्मको प्रतीक्षा गर्दैछन् । उनको आगामी फिल्म भूमिको पोस्टर रिलिज भएको छ र फिल्म आफैं चाहिँ सेप्टेम्बरमा रिलिज हुँदैछ ।


    तर भूमिको पोस्टर हलिउड फिल्म ‘ग्रे’ सँग मिल्दोजुल्दो देखिन्छ । त्यसैले मानिसहरूले तत्कालै यो ग्रेबाट चोरिएको आरोप लगाएका छन् ।

    तर निर्देशक अनुभव सिन्हाले फेसबूक पोस्ट गरेर लेखे, ‘जो मान्छेलाई फिल्म कसरी बन्छ भन्ने समेत थाहा छैन, उनीहरू नै चोरी र कपीको आरोप लगाउँछन् । यी दुई पोस्टरमा क्लोजअपको समानता मात्र छ । त्यसो हो भने त प्रत्येक क्लोजअप तस्वीर चोरी नै ठहरिनेभयो ।’

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel