• Breaking News

    Saturday, July 1, 2017

    प्रहरीको काम अब रोबर्टले गर्ने


    दुबईमा विश्वमै पहिलो पटक रोबर्ट प्रहरी निर्माण गरिएको छ । उक्त रोबर्टले मानव प्रहरीले गर्ने सम्पूर्ण काम गर्न सक्ने निर्माण पक्षको दाबी छ ।

    निर्माण पक्षका अनुसार उक्त रोबर्टले मानव प्रहरीले जस्तै शुल्क उठाउने तथा सूचनाको जानकारी दिने जस्ता कार्य गर्ने छ ।
    हाल उक्त प्रहरी रोबोर्टलाई दुबईका शपिङ मल तथा पर्यटन स्थलहरुमा खटाइएको छ ।

    मानव प्रहरीले जस्तै रोबर्टले पनि अपराधिक घटनाहरूको टिपोट तथा महसुसका साथै जरिवाना उठाउने सम्मको काम गर्ने छ । अधिकारीहरूका अनुसार रोबर्टको छातीमा लगाइएको स्क्नि टचको सहायतले सूचना बारेको जानकारी लिन सकिने छ।

    दुबई सरकारले सन् २०३० सम्ममा प्रहरी परिचालनको क्षेत्रमा २५ प्रतिशत रोबोर्टको प्रयोग गर्ने बताएको छ भने सन् २०२५ सम्ममा दुबईलाई विश्वका पाँच सुविधा सम्पन्न सहरको रुपमा विस्तार गर्ने दुबई सरकारले लक्ष्य राखेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel