लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्।
उनको पार्थिक शरीर पोस्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याइएको थियो।
अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘हाउ फन्नी’को निर्देशन गरेकी निलुले शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएकी थिइन्। निलु र प्रियंकाबीच सुमधुर सम्बन्ध रहँदै अाएको थियो।
केही समययता उनी डिप्रेसनबाट पीडित रहेको उनी निकटहरुले जनाएका छन्।
‘बिहान करिव २ बजे अचानक बिमारी भएपछि उनको घरमा रहेकी बहिनीले साथीहरुलाई खबर गरेकी थिइन्। अचानक बिमारी भएर बिहान साढे आठ अस्पताल पुर्याएपछि डाक्टरले हृदयघातबाट मृत्यु भएको बताएका थिए,’उनका निकट रहेका लेखक शान बस्न्यातले भने,‘नयाँ फिल्मको स्क्रिप्टमा काम गरिरहेका थियौं । हिजो अभिनेत्री निशा अधिकारीको विवाह समारोहमा सँगै थियौं।’
लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्।
लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षे निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्।
No comments:
Post a Comment