• Breaking News

    Monday, July 31, 2017

    आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु


    स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा केही दिन पहिले सेक्स गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएको थियो । भाइरल भएको भिडियोमा साथी यात्रुहरु नजिकै हुँदा पनि ३१ वर्षका शौन एडमान्डसनले एक महिलासँग सम्बन्ध बनाइरहेको देख्न सकिन्छ । रोचक कुरा त के छ भने घरमा उनकी गर्भवती प्रेमिका उनलाई कुरेर बसिरहेकी थिइन् । यद्यपी, प्लेनमा सेक्स कुनै नौलो कुरा भने होइन । आउनुहोस्, यसका केही तथ्यबारे जानकारी लिऔंः

    skyscanner.net को एक सर्वेक्षण अनुसार विमानको यात्रा गर्ने करिब ४५ प्रतिशत यात्रुले जमिनभन्दा हज्जारौं फिटमाथि फ्लर्ट गरेका छन् । यीमध्ये करिब ८ प्रतिशत त सम्बन्धमा पनि परिवर्तन भएका छन् ।

    एक रिपोर्ट अनुसार विमानमा हुने रिस्क फ्याक्टर, कम स्थानका कारण थ्रिल मनपराउनेहरुलाई उत्तेजना अत्यधिक हुन्छ ।

    thesun.co.uk मा छापेको एक रिपोर्ट अनुसार वातावरणमा गहिरो दबाबका कारण करिब ३० हजार फिट उचाईमा सेक्सको चरमोत्कर्ष पनि राम्रो हुन्छ ।

    फ्लाइटमा हुने विशेष अक्सिजन सेटिङका कारण दिमाग अत्यधिक उत्साहित हुनसक्छ र यसले जोडीबिच एक विशेष भावना सुरु हुनसक्छ ।

    जोडीको व्यवहारले अन्य यात्रु चकित र लज्जित हुनुपरेको घटना थुप्रै छन् । पछिल्लो हप्ता सार्वजनिक भएको शौन एडमान्डसनको भिडियोमा पनि साथी यात्रु उक्त जोडीको व्यवहारमा सहज थिएनन् ।

    विमानको सेक्स गर्नेहरुलाई माइल हाई क्लब पनि भनिन्छ । थुप्रै जोडीले यस्तो गर्न चाहेर नै यस्तो गर्दछन् । यसले उनीहरुलाई थप उत्तेजक बनाउने गर्दछ ।

    थुप्रै मानिसहरु विमानमा हुने कम्पनलाई यसको लागि जिम्मेवार बनाउँछन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel