• Breaking News

    Tuesday, July 25, 2017

    सेतीनदीको भुँवरी तैरिएको दुई शव शसस्त्र ले यसरी निकाल्यो (हेर्नुस तस्वीर)


    किरण श्रेष्ठ

    तनहुँ– सेती नदीको भुमारीमा दुई दिन देखि तैरिरहेको दुई शव नेपाल प्रहरी र स्थानीय बासिन्दाले निकाल्न नसकेपछि मंगलबार कुरिनटार स्थित शसस्त्र प्रहरी बलले बाहिर निकाल्न सफल भएको छ ।
    शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडा स्थित रक गार्डेनको भुमरीमा देखिएको पुरुष र महिलाको शव दुई दिनपछि सशस्त्र प्रहरी वल विपद व्यवस्थापन तालिम केन्द्र कुरिन्टारको टोलिले निकालेको हो । सशस्त्र प्रहरी निरिक्षक जगदिश चन्द्र हमाल नेतृत्वको ११ सदस्यीय टोलीले शव निकालेको हो ।

    सेती नदिको खोचमा करिव दुई घण्टा लगाएर महिला र पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
    नेपाल प्रहरीले लामो समय देखि उक्त शव बाहिर निकाल्न प्रयास जारी गरेपनि नसकेपछि शसस्त्र प्रहरी बललाई बोलाइएको थियो । उक्त दुवै शव नदीबाट बाहिर निकाले संगै सनाखत समेत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत सोमवार पोखरा लेखनाथ पशुपतिघाटमा नुहाने क्रममा दाङ जिल्ला साविकको ताप्रे गाविस ७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीय संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका थिए ।

    यसअघि बुधबार साँझ संगीता नेपालीको शव तनहुँको रिसिङ गाउँपालिका–१ हुक्सेखोला स्थित सेतीनदीको किनारामा भेटिएको थियो ।

    दुई वटै शव पोखरा ल्याई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel