• Breaking News

    Tuesday, July 25, 2017

    काठमाडौंमा हतियारधारीको बिगबिगी, आज तीन जना पक्राउ


    काठमाडौं –काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा हात हतियार सहितका अपराधिक समुहका व्यक्तिहरु लुकिछिपि वसी विभिन्न पेशा व्यवसाय गरी वस्ने गरेको पाइएको छ । पछिल्लो समय ती अतियाधारीहरुले विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुलाई डर त्रासमा पारी रकम असुली गर्ने र अन्य अपराधिक गतिविधिमा समेत संलग्न हुन गरेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

    सोमबार आज पक्राउ पर्नेहरुमा चितवन घर भइ हाल सुकेधारा बस्ने अनिल महतो, रामेछाप घर भइ हाल सुकेधारा नै बस्ने महश लामा र काभ्रेका रोदन लामा (डल्ले) पक्राउ परेको अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

    विशेष सुचनाको आधारमा त्यस्ता गतिविधिमा संलग्न अपराधिक प्रवृतिका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा का.जि.का.म.न.पा.वडा नं ४ सुकेधाराबाट त्यस्ता व्यक्तिहरुलाई समाइएको हो ।

    शंकास्पद ठानेर ती व्यक्तिहरुलाई शरीर खानतलासी तथा चेक जाँच गर्ने क्रममा अनिल महतोले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल थान केही थान गोली सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । काठमाडौंं महानगरिय प्रहरी परिस काठमाडौंले अनसन्धान तथा कारबाहीका लागि काठमाडौं पठाइएको बताएको

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel