• Breaking News

    Monday, July 31, 2017

    अरब देशसँग कुराकानी गर्न कतारले ‘टेढो पार्यो औंला’


    बीबीसी

    छिमेकी अरब देशको प्रतिबन्ध झेलिरहेको कतारले अब कुराकानी गर्नका लागि औंला टेढो पारेको छ ।

    खबरका अनुसार कतारले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा आधिकारीक ऊजुरी दिएर यो व्यापारिक बहिष्कारलाई चुनौती दिएको छ ।

    अब यो विवादको हल निकाल्नको कोशिश डब्ल्यूटीओको प्रक्रिया अनुसार गरिनेछ । यसको अर्थ यो हो कि साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) ले कतारसँग कुराकानीका लागि आउनै पर्छ । जबकी योभन्दा पहिले यी देशले कुनै पनि प्रकारको कुराकानीका लागि १३ शर्त राखेका थिए ।

    तर डब्ल्यूटीओको सामान्य प्रक्रियादेखि ६० दिनभित्र कुनै समाधान ननिस्किए यो विवाद डब्ल्यूटीओको तर्फबाट नियुक्त गरिएको एक प्यानललाई दिइनेछ ।

    ५ जूनमा कतारसँग तोडेका थिए सम्बन्धः

    समाचार एजेन्सी रोयटर्सले कतारको तर्फबाट डब्ल्यूटीओमा ऊजुरी गरेको खबर सबैभन्दा पहिले प्रकाशित गरेको थियो । यद्यपी, बीबीसीसँगको कुराकानीमा विश्व व्यापार संगठनले अहिलेसम्म यसको जानकारी नआएको त्यसकारण खबरको पुष्टि गर्न नसकिने बताएको छ ।

    साउदी अरब, बहराइन र यूएईले जून ५ मा कतारमाथि चरमपन्थलाई सहयोग गरेको भन्दै सम्पूर्ण कूटनीतिक सम्बन्ध तोडेको थियो । यी देशले अरबमा बसेका कतारी नागरिकलाई १४ दिनभित्र देश छोड्न आदेश दिएको थियो भने आफ्ना नागरिकलाई पनि कतार जान प्रतिबन्ध लगाएको थियो ।

    आइतबार चार देशका विदेशमन्त्री बहराइनको राजधानी मनामामा भेटेका थिए र त्यसपछि उनीहरुले १३ शर्त लागू नगरेबिना कुराकानीका लागि अस्विकार गरेका थिए । यी शर्तमा कतारको समाचार ब्रोडकास्टर अल–जजिरा बन्द गर्नु र इरानसँगको सम्बन्ध कम गर्नु रहेका छन् ।

    कतारले यी आरोप र प्रतिबन्ध हटाउनका लागि अरब देशको शर्तलाई खारेज गरिदिएको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel