
मनोज भुजेल
सुनसरी – सुनसरीको दहबीमा एक मुस्लिम महिलामाथि कुटपिट गर्नुको साथै निर्मम यातना दिइएको छ । दुहबी नगरपालिका ८ सोनापुर बस्ने २६ बर्षिय सैरा खातुनमाथि गाउँलेको भेलाले कुटपिट गर्नुको साथै यातना दिएका हुन्।
तलाक दिएपछि पनि विवाह गरेको भन्दै मुस्लिम पंञ्चायतले उनलाई सजाय स्वरुप इटा बोकाएर १२ घण्टा सम्म यातना दिएको थियो । साथै समाजमा भेला भएका गाँउलेहरुले भाटाले शरिरभर निलडाम हुने गरी कुटपिट समेत गरेका छन् । यातना र कुटपिटबाट गम्भीर अबस्थामा खातुनलाई सामुदायीक मेलमिलाप केन्द्रले उद्धार गरी सदरमुकाम स्थित सेफ हाउसमा राखिएको छ । उनको ४ दिनसम्म उपचार गरी केन्द्रले सेफ हाउसमा सुरक्षित राखेको हो ।

श्रीमानले तलाक दिएपछि श्रीमानको भाईसँग उनले दोस्रो बिवाह गरेकी थिइन् ।
भागेर बिवाह गरेपछि केटा पक्षका परिवारले फेला पारी घरमा यताना दिनुको साथै कुटपिट गरेको थियो । तलाकपछि स्वेच्छाले देवरसँग बिवाह गरेको भन्दै पिडित खातुनले समाजमा राखेर छोरा मान्छेले लात्ती र भाटाले पिट्नुको साथै ईटा बोकाएर १२ घण्टासम्म उभ्याएको बताइन् । केटाको परिवारले ज्यान मार्नेसम्मको धम्की दिएपछि आफु बिचल्लीमा परेको उनले बताइन् ।
यता खातुनको उद्धारमा संलग्न सामुदायक मेलमिलाप केन्द्र सोनापुरकी सदस्य उर्मिला शिवाकोटीले खातुनमाथि महिला हिंसा भएको कारण आफुहरुले उद्धार गरेर उपचार पश्चात सेफ हाउसमा राखिएको बताइन् । अहिलेको समाजमा अझै पनि धार्मिक परम्परा अनुसार महिलामाथि बिभेद हुने गरेको उनले बताइन् । खातुनमाथि भएको घटना जिल्ला अदालत मार्फत मुद्धा दायर गरिने समेत अधिकारकर्मी शिवाकोटीले बताइन्।
खातुनमाथि कुटपिट गर्नेहरुको किटानी जाहेरी अदालतमा पेश गरिने बताइएको छ । कुटपिटमा संलग्नहरु राजनितिक दलको आवरणमा घटना मिलाउनतर्फ उद्धत रहेको समेत अधिकारकर्मी शिवाकोटीले बताएकी छिन् । उनले खातुनमाथि भएको महिला हिसाप्रति मानवअधिकारवादी संस्था र संञ्चारकर्मीहरुले चासो लिनु पर्नेमा जोड दिएकी छन् ।
No comments:
Post a Comment