• Breaking News

    Monday, July 31, 2017

    २०० चिनियाँ सैनिक साँच्चै भारत घुसेका हुन् त ?

    काठमाडौं, १७ साउन — भारतबाट प्रकाशित अमर उजाला अखबारका अनुसार डोक्लाममा भारत र चीनबीच विवाद चलिरहँदा २०० चिनियाँ सैनिक उत्तराखण्डको चमोली जिल्लामा घुसेका छन् ।

    पत्रिकाका अनुसार पहिलो घटना १५ जुलाईमा अनि दोस्रो चाहिँ २५ जुलाईमा भएको थियो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चीन भ्रमण गर्नुभन्दा ठीक एक दिन पहिले यसो भएको हो ।

    खबर पत्याउने हो भने २०० चिनियाँ सैनिक भारतीय क्षेत्रमा देशको अन्तिम चौकी रिमखिमनजिक एक किलोमिटरसम्म भित्र घुसेका थिए । चिनियाँ सैनिकहरूले गाठालाहरूलाई पनि धम्क्याए ।

    तर चमोलीका डिस्ट्रिक्ट मजिस्ट्रेट आशिष जोशीका अनुसार २५ जुलाईमा चिनियाँ सैनिकहरूले घुसपैठ गरेका छैनन् । उच्च अधिकारीहरूले पनि यसको कुनै जानकारी मागेका छैनन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel