
कोठी
महिलाको देब्रेपट्टिको अंगमा कोठी हुनु शुभ मानिन्छ । दुवै आँखीभौंको बीचमा वा निधारको ठीक बीचमा रातो कोठी छ भने ठूलो पदमा पुग्ने सम्भावना हुन्छ । गालमा कोठी छ भने दिनदिनै मीठोमसिनो खान पाउँछिन् । नाकमा कोठी छ भने धनी व्यक्तिकी श्रीमती हुन पाउँछिन् । नाकमा कालो रंगको दाग छ भने छिट्टै विधवा हुन्छिन्, निन्दित पनि हुन्छिन् । कान, गाला वा घाँटीमा कोठी छ भने पहिलो सन्तान छोरा हुन्छ । तिघ्रामा कोठी छ भने दुःख पाउँछिन् ।
पैताला
महिलाको पैताला चिल्लो, नरम, पुष्ट र बराबर, पसिनारहित र तातो छ भने सुख पाउँछिन् । काटिएको, रुखो र मांसहीन पैतालाले दुःख दिन्छन् । पैतालामा शंख, स्वस्तिक, चक्र, कमल, ध्वज, माछा वा छाताको चिह्न छ भने सुखभोग गर्न पाउँछिन् । पैतालामा साँप, मुसा, काग वा अनौठो चिह्न छ भने दुःख पाउँछिन् ।
नङ
रातो, चिल्लो, अग्लो र गोलो नङ भएकी स्त्री सुखी हुन्छिन् भने फाटेको र कालो नङ भएकी दुःखी ।
चाल
हिँड्दाखेरी पछाडिपट्टि धूलो उडाउने महिलाले कुलकै बेइज्जत गर्छिन् । कुनै महिलाको गोडाको कान्छी औंलाले जमिनलाई छुँदैन भने एक पतिलाई सिध्याएर अर्को पति बनाउँछिन् ।
कम्मर
चौबीस औंला कम्मर र अग्लो नितम्ब सौभाग्यदायक मानिएको छ ।
No comments:
Post a Comment