• Breaking News

    Thursday, June 29, 2017

    भरतपुरकाण्ड दोहोरिने डरः मत्रपत्र जोगाउन डोरीको भर


    १५ असार, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातियो । माओवादी हार्ने भएपछि उम्मेदवारका प्रतिनिधि आफैंले मतपत्र च्यातेको एमालेको आरोप छ । यो विवाद अझै मिलेको छैन र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।


    दोस्रो चरणको मतगणनामा पनि भरतपुर प्रकरण दोहोरिन सक्ने धेरैका डर छ ।

    र, मतपत्र च्यात्ने यही खतरालाई टार्न केही स्थानमा डोरीको सहारामा तारबार लगाएको पाइएको छ । यो तस्वीर दाङका घोराही उपमहानगरपालिकाको मतगणनास्थलको हो ।

    झट्ट हेर्दा यो मतगणनास्थल रेस्लिङ खेल्ने ठाउँजस्तै देखिन्छ ।

    मतगणनामा संलग्न कर्मचारीहरु मात्रै डोरीको घेराभित्र बसेका छन् । दल तथा उम्मेदवारका प्रतिनिधिहरु त्यो घेराभन्दा बाहिर नै बसेका छन् । उनीहरुले सजिलै भित्र जान नसकुन् भनेर यस्तै व्यवस्था गरिएको हो ।

    दाङमा जस्तै ताप्लेजुङमा पनि रोचक दृश्य देखिएको छ ।
    मतगणनामा संलग्न कर्मचारीहरु भूईँमा बसेका छन् । दलका प्रतिनिधिहरु टेबलमा बसेका छन् । तर, टेबलको खुट्टामा डोरीको बार लगाइएको छ । कुनै पनि प्रतिनिधि टेबलमुनिबाट फुत्त छिरेर मतगणनास्थलमा प्रवेश नगरुन् भनेर यस्तो गरिएको हो ।

    तर, माथिबाट कोही व्यक्ति बाँदर जसरी उफि्रयो भने नि ? त्यस्तो भएमा फेरि भरतपुर काण्ड नदोहोरिएला भन्न सकिँदैन । मतपत्र च्यात्नेलाई डोरीको भरमा कसरी छेक्न सकिएला ?

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel