१४ असार, काठमाडौं । लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै पूर्व नेपाली स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’को संख्या लगातार बढिरहेको चर्चा बाक्लै भइरहेका बेला पहाडी भूभागमा पनि यस्ता नागरिक संख्या धेरै रहेको उनीहरुको आगमन दरले देखाउँछ ।केही सातायता निर्वाचनमा सहभागी हुनका लागि काँकडभिट्टा नाकाबाट नेपाल भित्रिनेको संख्या ठूलै छ । त्यसमा धेरै कामको सिलसिलामा भारतीय भूमिमा रहेका नेपाली छन् । केही संख्या विद्यार्थीको पनि छ । अर्को संख्याचाहिँ भारतीय भूमिमै घरजम गरिसकेकाहरुको छ, जो दोहोरो नागरिकताधारी हुन् ।
बासिन्दा भारतको र मतदाताचाहिँ नेपालको हुनेको संख्या उल्लेख्य छ । प्रहरीका अनुसार काँकडभिट्टा नाकाबाट पछिल्लो समयमा निर्वाचन प्रयोजनकै लागि नेपाल भित्रिनेहरु अधिकांश पहाडे समूदायका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment