• Breaking News

    Friday, June 30, 2017

    अमेरिकामा न्यूजर्सी शहरले नेपालको झण्डा फहराउने



    २८ जुन, न्यूजर्सी । अमेरिकाको न्यूजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् ।
    आगामी जुन ३० तारिख शुक्रबार ३ बजे एक कार्यक्रमकावीच नगर प्रमुख फुलपले नेपालको झण्डा फहराउने जनाइएको छ ।

    आगामी जुन ३० लाई न्यूजर्सी सिटीले नेपालको झण्डा फहराउने दिवस घोषणा गरेको हो । नेपाल र नेपालीको सम्मानको लागि नेपालको झण्डा फहराउने दिवस मनाउन लागिएको हो ।

    कार्यक्रम २८० ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको नगर कक्षमा हुनेछ ।

    कार्यक्रममा उपस्थितिका लागि विविध नेपाली पहिरनमा सहभागिता जनाउन आयोजकले अनुरोध गरेका छन् ।

    उक्त दिन जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर बन्ने छ । फिलाडेल्फि या सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो ।

    त्यस्तै कोलोराडोको सिटी अफ डेनभरले अप्रील महिनाको तेश्रो आइतवारलाई नेपाल दिवसका रुपमा मनाउदै आएको छ ।



    जर्सी सिटी एक मात्र अमेरिकी शहर हो जसले नेपालमा सन् २०१५ को अप्रील २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस,अस्थाई सुरक्षा दर्जा) प्रदान गर्न अनुरोध गर्दै नगर परिषद्बाट प्रस्ताव पारित गरेको थियो । जर्सी सिटीले आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) शहर घोषणा गरिसकेको छ ।

    जर्सी सिटी डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डकी सल्लाहकार डा. बिष्णुमाया परियार (मानार्थ बिद्या वारिधि) र जर्सी सिटी नेपाली समुदायका प्रदीप परियार थापाको विशेष पहलमा नेपालको झण्डा फहराउने कार्यक्रम हुन लागेको हो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel