• Breaking News

    Thursday, June 29, 2017

    सुशिल र बर्षाको ‘कारखाना’ रिलिज

    शुक्रबार अर्थात आजबाट चलचित्र ‘कारखाना’ रिलिज भएको छ । अमरदिप सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रले सरोगेसीको कथालाई उठान गरेको छ ।

    ‘मायाले बोलेको बोली मिठो भो’ गीतका कारण पनि यो चलचित्र चर्चामा छ । नयाँ कथावस्तु र प्रस्तुतीका कारण पनि यो चलचित्र चल्नु पर्ने दाबी यसका निर्देशक सापकोटा गर्छन् ।

    चलचित्रमा सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको जोडीलाई हेर्न सकिन्छ । निरन्तर चलचित्र असफल हुँदा नायिका सिवाकोटीको करिअर ओरालो लागिरहेको छ । यसैले पनि उनका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ । नायक सुशिल श्रेष्ठका लागि पनि यो चलचित्र चल्न आवश्यक छ ।

    नेपाली चलचित्रको व्यापार कमजोर बनिरहेको समयमा ‘कारखाना’ले थोरै भएपनि खुशी छर्ने विश्वास गरिएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel