स्याङ्जा : पूर्वयुवराज्ञी हिमानी शाहले पुतलीबजार नगरपालिका १ स्थित वीरेन्द्रनगरमा नवनिर्मित ठकुरी समाज भवनको मंगलबार उद्घाटन गर्नु भएको छ। राजपरिवारको कुलदेवको आलमदेवी मन्दिरको दर्शन गर्न स्याङ्जा आउनु भएकी हिमालीले भवन उद्घाटन गर्नु भएको हो।
भवन उद्घाटनपछि आयोजकले मन्तव्य राख्न अनुरोध गरेपनि हिमानी शाहले औपचारिक रुपमा बोल्न चाहनु भएन । नगरपालिकाको प्रमुख समस्याका बारेमा आफूमार्फत् जानकारी लिनुभएको अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिनुभयो । भवन उद्घाटन कार्यक्रममा ठकुरी समाजका केन्द्रीय सदस्य सुमित्रा सेन, जिल्ला उपाध्यक्ष गेमबहादुर मल्लले स्वागत गर्नु भएको थियो।

दुई तले सुविधासम्पन्न भवन ७ आना ३ दाम क्षेत्रफलमा ८० लाखको लागतमा निर्माण गरिएको हो । चन्दा र देउसी भैलोबाट संकलित रकमले भवन निर्माण गरेको जनाएको छ ।
छोरा हृदयन्द्र र छोरीहरु पूर्णिमा र कृतिका लगायत झण्डै दर्जन भन्दा बढी सुरक्षाकर्मी र अंगरक्षकका साथ आलमदेवीको दर्शन गर्न स्याङ्जा आउनु भएकी हिमानीलाई पुतलीबजारको प्रगतिनगर, भूपू टोल विकास संस्था, वालिङ् र गल्याङ्मा स्वागत गरिएको थियो । पूर्वयुवराज्ञी हिमानी शाहको स्वागतमा स्थानीयको बाक्लो उपस्थिती थियो ।
राजपरिवारको कुलदेवता रहेको आलमदेवीको दर्शनपछि उहाँहरु पोखरा फर्कने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment