• Breaking News

    Monday, June 12, 2017

    रणवीरले जुराएका थिए शाहरुखको फिल्मको नाम

    शाहरुख खानलाई आफ्नो नयाँ फिल्मको नाम जुराउन निकै सकस पर्‍यो । आखिरमा नाम जुर्‍यो- जब ह्यारी मेट सेजल ।

    गत ९ जूनमा फिल्मको नाम र पोष्टर सार्वजनिक गरिएको थियो । र, अहिले आएर यो खुलासा भएको छ कि फिल्मको नाम शाहरुख वा निर्देशक इम्तियाज अलिले होइन, तेस्रो व्यक्तिले जुराएका रहेछन् । उनी अरु कोही नभएर अभिनेता रणवीर कपुर थिए ।

    यो कुरा शाहरुखले एक अन्तरवार्तामा स्वीकार गरेका छन् । शाहरुखले भने, ‘हो मलाई रणवीरले फोन गरेर यो नाम सिफारिस गरेका हुन् ।’

    रणवीरले सुझाएको नाम आफूलाई तत्कालै मन परेको र निर्देशक अलीलाई भनेको उनले जानकारी दिए ।

    ‘तर, उहाँले भन्नुभयो कि यो नाम राख्दा मानिसहरुले पुरानो फिल्म ‘जब वी मेट’ लाई सम्झिन सक्छन् । त्यसैले नाम फाइनल गर्न केही अलमल भयो । तर अन्तिममा हामी दुवै सहमत भयौं कि यही नाम ठिक छ ।’

    शाहरुख र फिल्म युनिटले उपयुक्त टाइटल दिने व्यक्तिलाई ५ हजार भारु इनाम दिने योजना बनाएका थिए । तर, रणवीरलाई त्यतिबेला यो कुरा थाहा थिएन । अब थाहा पाएपछि उनी पक्कै आफ्नो पुरस्कार बुझ्न शाहरुखको घर जानेछन् ।

    अन्तरवार्तामा शाहरुखले भनेका छन्, ‘हो, अब मैले रणवीरलाई ५ हजार रुपैयाँ दिनुपर्ने भयो, र म यसका लागि तयार छु ।’

    रणवीरले फिल्मको कथा नपढिकन कसरी नाम जुराए भन्ने चाहिँ प्रष्ट भएको छैन । शाहरुख र अनुष्काको जोडी रहने यो फिल्म आगामी अगष्टमा रिलिज हुनेछ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel