• Breaking News

    Monday, June 12, 2017

    साउदी गएका सुकराज ८ वर्षदेखि सम्पर्क विहीन


    २४ जेठ, काठमाडौं । मोरङको पथरी सनिश्चरे नगरपालिका-३ का ४७ वर्षे सुकराज तामाङ ८ वर्षदेखि परिवारसंग सम्पर्क विहीन छन् ।

    २०६५ साल भदौ १७ गते अन्तिम श्रम स्वीकृति लिई भदौ २५ गते इस्ट फर कन्ट्रयाक्टिङ नामक कम्पनीका लागि साउदी गएका उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

    साउदी पुगेको करिब ७ महिनासम्म परिवारको सम्पर्कमा रहेका उनी त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको भन्दै परिवारले खोजि गरिदिन आग्रह गरेको छ ।

    तामाङकि छोरी सम्झना घिसिङ तामाङले बुवाको खोजि गरिदिन भन्दै नेपाली राजदूतावास रियाद र महावाणिज्यदूतावास जेद्धालाई आग्रह गरेकी छन ।

    तीन वर्षदेखि इराकको इरबिल भन्ने ठाउँमा कार्यरत छोरी सम्झनाले आफूहरुले अहिले पनि बुवालाई सकुशल पाउने आशामा रहेको भन्दै खोजि कार्यमा सहयोग गरिनिद आग्रह गरेकी छन् ।

    घर मूली नै साउदी गएको लामो समयदेखि सम्पर्कमा नआउँदा आर्थिक र सामाजिक रुपमासमेत विक्षिप्त हुनु परेको राजदूतावास र महावाणिज्यदूतावासलाई पठाएको निवेदनमा उल्लेख गरिएको छ ।

    सम्झनाले निवेदनमा आर्थिक अवस्था झनझन कमजोर हुँदै गएको र बुवाको खोजि कै लागि तीन वर्षदेखि इराकमा आएर काम गर्न बाध्य भएको उल्लेख गरेकी छन् ।

    मालिकले बन्धक बनाएको आशंका

    सम्पर्क विहीन तामाङले साढे एक वर्षसम्म साउदीको अलबाहाको भन्ने ठाउँको नजिकै बलजुरशीको आसपासमा पर्ने अनकन्टार पहाडी क्षेत्रमा भेठाबाख्रा चराउने गरेको खुलेको निवेदनमा उल्लेख छ ।

    उनीसंगै काम गरेका दिलकुमार कटवालले तामाङलाई अहिले पनि मालिककाले त्यही ठाउँमा बन्धक बनाएर काम लगाइरहेको बताएको सम्झनाले बताएकी छन् ।

    कटवालले आफूहरुले काम गरेको ठाउँमा जो कोही जानै नसक्ने र बाटो पत्ता नलाग्ने बताएको सम्झनाले बताइन । तर, आफूलाई साउदी आउने वातावरण गराए आफूले त्यो ठाउँ पत्ता लगाउनेर तामाङको पनि उद्दार गर्न सकिने बताउने गरेको निवेदनमा उल्लखे छ ।

    तामाङ काठमाडौंको सिनामंगल स्थित जुपिटर ओभरसिज कन्सर्न प्रा.ली.बाट साउदी गएका हुन् । तर, कम्पनीले तीन वर्ष अगाडिको सबै प्रमाणहरु नष्ट गर्ने गरिएको भन्दै कुनै सूचना र जानकारी नदिएको निवेदनमा उल्लेख गरिएको छ ।



    ८ वर्षदेखि सम्पर्क विहिन बुवाको खाेजि गरिदिन सम्झनाले राजदूतावासमा पठाएको निवेदन

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel