• Breaking News

    Monday, June 12, 2017

    एउटा व्यक्तिको पेटबाट निस्कियो भयानक बस्तु, अपरेशन गर्ने चिकित्सक नै अचम्ममा

    काठमाडौं, २९ जेठ– चीनका चिकित्सकहरुले एक यस्तो अपरेशन गरेको बताएका छन्, जो मेडिकल साइन्सको इतिहासमा दुर्लभ घटना हुन सक्छ ।

    चिकित्सकहरुले अपरेशन गरेर एक व्यक्तिको पेटबाट यति ठूलो चिज बाहिर निकाले की जसलाई अपरेशनमा संलग्न डक्टरहरुले नै विश्वास गर्न सकेका छैनन् । यस्तो अपरेशन चीनको साङ्घाइ शहरमा अवस्थित एक अस्पतालमा भएको हो ।

    पेट बढ्दै गइरहेका कारण ती व्यक्तिले लामो समयदेखि केही खान पाइरहेका थिएनन् । कम उमेरका ती व्यक्तिको उमेरसँगै पेटपनि बढ्दै गइरहेको थियो । तर स्थानीय स्तरमा उक्त रोगको उपचार गर्न कुनै पनि डाक्टरहरुले हिम्मत गर्न सकेनन् ।

    तर अन्तिममा १० जना डक्टरको समूहले उनको अपरेशन सुरु गर्यो । डाक्टरहरुको समूह त्यतिबेला छक्क पर्यो जब ती व्यक्तिको पेटबाट ३० इन्चको आन्द्रा बाहिर निकालियो । उक्त आन्द्राको तौल १३ किलोग्राम छ ।

    अपरेशनमा संलग्न चिकित्सकहरुको समूहका इञ्चार्ज डा. यीन लुका अनुसार यदि छिट्टै ती व्यक्तिको पेटबाट उक्त आन्द्रा बाहिर ननिकालिएको भए उनको मृत्यु हुन सक्थ्यो ।

    अपरेशन पश्चात ती व्यक्तिको स्वास्थ्य अवस्था सुधार भइसकेको छ । तर डाक्टरहरुले ती व्यक्तिको नाम भने सार्वजनिक गरेका छैनन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel