
काठमाडौं : यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका बिजेताको नाम घोषणा गरेको छ । पोखराकी अलिना लामिछाने गुरुङ यो कन्टेस्टकी बिजेता हुनुभएको छ । उहाँले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस८ पुरस्कारस्वरूप प्राप्त गर्नुभएको कम्पनीले जनाएको छ । मिस नेपाल २०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । यो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जित्नुभएको थियो ।
यामाहाको आधिकारिक फेसबुक पेज र नेपालभरिका यामाहा सोरुमबाट भएको भोटिङ र निर्णायक मण्डलले दिएको अंकमार्फत शाह फेस अफ फेसिनो बन्नुभएको हो । मिस नेपाल इन्टरनेसनल २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लक्की ड्रमार्फत एक लाख ४० हजार आठ सय ७१ भोटरमध्येबाट भोटिङ कन्टेस्टको बिजेताको नाम निकाल्नुभएको थियो । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण यामाहाको आधिकारिक फेसबुक पेजमा गरिएको थियो । लकी ड्र कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय क्रिकेट खेलाडी तथा यामाहा मोटरसाइकलका लागि नेपालको ब्रान्ड एम्बासेडर शरद भेषावकर पनि उपस्थित हुनुहुन्थ्यो । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ ।
No comments:
Post a Comment