• Breaking News

    Saturday, May 27, 2017

    उम्मेदवार छनोटपछि एमाले कार्यकर्ता आक्रोशित, पार्टी कार्यालयमा तालावन्दी

    धरान, जेठ १४— नेकपा एमाले धरानले वडाको उम्मेदवार छनोट गर्दा मनोमानी गरेको भन्दै असन्तुष्ट समुहले उपमहानगर कार्यालयमा तालावन्दी गरेका छन् ।
    उनीहरु धरान उपमहानगर कमिटिको कार्यालयको ढोकामा ताला लगाई शनिबार विहानदेखी अनशनमा बसेका छन् ।
    नेकपा एमाले सुनसरीका जिल्ला सदस्य भुवनराज मोक्तानको अगुवाईमा असन्तुष्ट समूह आन्दोलनमा उत्रिएको छ । असन्तुष्ट समुहले धरान उपमहानगरको वडाध्यक्षको उम्मेदवार छनोट गर्दा आफुखुसी, मनोमानी ढंगले उम्मेदवार छनौट गरेको आरोप लगाएको छ ।
    एमाले १ नं. क्षेत्रका क्षेत्रीय कमिटि सचिवालय सदस्य तथा धरान १० का वडाध्यक्षामा आकांक्षी हर्क चुम्मेले पार्टीले यसमा पुनः विचार नगरे ठुलो क्षति व्यहोर्नु पर्ने बताए ।

    यसैगरी धरान वडा नं. ७ का वडाध्यक्षमा आकांक्षी तथा जिल्ला सदस्य भुवनराज मोक्तानले पार्टीले आफुहरुलाई अपहेलना गरे धरान एमालेमा विद्रोह समेत हुनसक्ने बताए ।
    उनीहरुको मागमा ऐक्यवद्धता जनाउन आएका एमाले समर्थकहरुले पार्टीले काम गर्नेलाई भन्दा पनि नेताको गुणगान गर्नेले उम्मेदवार बनाएको भन्दै आक्रोश व्यक्त गरे ।
    नेकपा एमालेले धरानको २० नं.वडाका अध्यक्षमा वडा नं. १ देखी २० सम्म क्रमसः भरतराज सुवेदी, मुकुल कायस्थ, आशाकुमार श्रेष्ठ, मानवहादुर राई, चन्द्रबहादुर भुजेल, भुवनसिंह बस्नेत, जीवन राज सुवेदी, रुद्रबहादुर लिम्बु, रत्नबहादुर कटवाल, श्रीप्रसाद लिम्बु, बाबुलाल लामा, टंकबहादुर राई, नेत्रप्रसाद काफ्ले, झलकबहादुर श्रेष्ठ, नरेश इवाराम, दिलबहादुर गिरी, पूर्णप्रसाद राई, नविन राई, पूर्णबहादुर लिम्बु र मणिराम राई वडाध्यक्षका उम्मेदवार बनाएको छ ।
    पार्टी कार्यकर्ताहरुको असन्तुष्टिका बारेमा पार्टी नेताहरुले भने केहि बोलेका छैनन।
    पार्टीमा त्यागी भनेर चिनिने १० नं. वडाका आकांक्षी चुम्भे जनगायक हुन् । तर आफ्नो योगदानको मूल्यांकन नगरिएको र जहिल्यै पाखा लगाउने काम भएको उनले गुनासो गरे ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel