• Breaking News

    Saturday, May 27, 2017

    फरक दृश्यः बर्मेलीलाई यसरी एमालेमा प्रवेश गराए केपी ओलीले (फोटोफिचर)

    कृष्ण गिरी
    काठमाडौं, जेठ १३ –नेकपा एमालेको व्यानरमा राजधानीको कार्की पार्टी प्यालेसमा पार्टी प्रवेशको कार्यक्रम थियो । एमालेका नेताहरु मञ्चमा बसेका थिए । पार्टी प्यालेसको हल पनि भरिएको थियो । अरु दिनको भन्दा फरक भेषभुषाका मानिसहरु बढी थिए ।


    एमालेका आम कार्यकर्ताको झिनो उपस्थिति रहेको उक्त कार्यक्रममा मुस्लिम समुदायका धेरै थिए ।

    राजधानीमा रहेका मुस्लिम समुदायका व्यक्तिहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम थियो ।

    पार्टी अध्यक्ष केपी ओली अरु दिनको भन्दा कम बोले भने तमलोपाका महामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीलाई खादा लगाएर एमालेमा प्रवेश गराए ।

    यस्तै नेपाली मुस्लिमहरु पनि उनीसँगै पार्टी प्रवेश गरे ।


    रोचक त के थियो भने एमाले प्रवेश गर्नेमा अन्सारी र नेपाली मुस्लिममात्रै नभएर वर्माबाट विभिन्न समयमा नेपाल आएर अहिले काठामाडौंको कपनमा शरणार्थीको रुपमा बस्दै गरेका करिव २ सय बर्मेलीहरु पनि थिए ।

    हलमा लहरै मुस्लिम भेषभुषामा बसेका महिलाहरु नेपाली नभएर सबै बर्मेली थिए । महिलाहरू न त नेपाली जान्दथे । न त अग्रेजी या हिन्दी नै । बर्मेली युवाहरु भने हिन्दीमा कुरा गर्थे ।

    कार्की पार्टी प्यालेसमा भेटिएका बर्मेली युवा अवु आलमले भने ‘हमको कुछ बात पता नही है । मिटिङमे जानेकेलिए बोले, हम आए है । हमको राजनीति कुछ मालुम् नहि है ।’


    उनकी श्रीमती मुर्याम खातुनसंग कुरा गर्न खोज्दा भने केहि आउदैन भन्दै टाउको हल्लाइन् । हिन्दीमा उनका श्रीमानले भने ‘उसलाई भाषा आउँदैन ।’

    एमालेमा प्रवेश गर्ने आजका मुस्लिम समुदायका धेरै युवाहरु बर्माका हुन् । उनीहरु अहिले कपनमा बस्दै आएका छन । उनीहरु नेपाली भाषा जान्दैनन् । नत नेपाली नै हुन् । तर पनि एमालेका अध्यक्ष केपी ओलीले एमालेमा प्रवेश गराएका हुन् ।

    कार्की पार्टी प्यालेसमा भेटिएका अर्का बर्मेली युवा दिल महम्मद भन्छन्, ‘हामीलाई राजनीति केहि थाह छैन । नत पार्टीको नाम नै थाह छ ।

    हामीलाई जाउ भनेर ल्यायो आएका हौ ।’


    १६ बर्षे मोहमुद्ध हुल्हा भन्छन्, ‘बर्मामा पढ्दै थिएँ । त्यहाँ लडाई भयो हामी त्यहाँबाट भाग्नु प¥यो । उनका आमा बुवा पनि छैनन् । उनलाई पनि नेपालको राजनीति नै थाह छैन ।’


    चार बर्ष पहिला बर्माबाट नेपालमा आएर कपनमा बस्दै गरेका मोहम्द हुल्हालाई पनि नेपालको राजनीति थाहा छैन । तर आफूहरुलाई अन्सारीले मिटिङमा जान भनेर बोलाएको यहाँ ल्याएर पार्टी प्रवेश गराइएको बताए ।

    अहिले कपनमा ६ महिना देखि ४ बर्ष पहिला शरणार्थीका रुपमा नेपाल आएर बसेका करिब ३ सय बर्मेलीहरु छन् ।









    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel