• Breaking News

    Wednesday, December 6, 2017

    कुवेत–काठमाडौँ–कुवेत सिधा उडान भोलिदेखि


    १९ मंसिर, काठमाडौँ । बुधबार (भोली)देखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु हुँदैछ ।

    कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।

    उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    काठमाडाैं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel