• Breaking News

    Monday, November 6, 2017

    एक दलीय अधिनायकवादी कम्युनिष्ट शासनको प्रभूत्वका लागि वाम गठबन्धनः निधि



    २१ कात्तिक, जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले देशमा एक दलीय अधिनायकवादी कम्युनिष्ट शासनको प्रभूत्वका लागि वाम गठबन्धन गरिएको आरोप लगाएका छन ।

    काँग्रेस धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित बृहत् भेलामा उनले भने –“नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाप्त गर्ने खतरनाक गठबन्धन हो ।”

    नेता निधिले उम्मेदवार चयनमा विभिन्न कारणले त्रृटि भए पनि सो प्रतिको असहमतिलाई बिर्सिदै एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्दै “काँग्रेस मधेस र देश हाम्रो हो, हाम्रै रहन्छ भन्ने मान्यता राख्छ” भने ।

    काँग्रेसकै पहलमा राजर्षि जनक विश्वविद्यालय स्थापना गर्ने विधेयक पारित हुनुलाई आफूले देशमा बहुदलीय व्यवस्था स्थापना भएको हर्षझै लिएको उल्लेख गर्दै उनले सरकारले जनकपुरधामको प्राचीन सम्पदाको विकास गर्ने उद्देश्यले मणिमण्डप र पोखरीका लागि करौडौँको योजना अघि सारेको धारणा व्यक्त गरे ।

    नेता निधिले लोकतान्त्रिक गठबन्धन टुटेको छैन भन्दै निर्वाचनमा तालमेल सन्दर्भमा कतिपय स्थानमा गठबन्धन नहुनुलाई गठबन्धन टुटेको अर्थमा नलिन आग्रह गरे ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel