• Breaking News

    Monday, November 20, 2017

    सर्लाहीको हरिऔनबाट कौडा खेलिरहेका १८ जना पक्राउ


    सर्लाहीको हरिऔनबाट प्रहरीले कौडा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ।

    प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरबाट डिएसपी शिशु शर्मा नेतृत्वको टोलीले कुलबहादुर कार्कीको टहरामा छापा मारेर १८ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरुको साथबाट ४ लाख ५४ हजार रुपैयाँ, कौडा र तास बरामद गरेको छ। माछा पोखरी संचालन गरेर टहरामा खाजा घर खोलेका कार्कीले लामो समयदेखि जुवा खेलाउँदै आएका थिए।

    जिल्ला प्रहरी कार्यालयले जुवा खेल्नेलाइ कारबाही गर्न अाखाँ चिम्लिएपछि प्रदेश प्रहरीका एअाइजी बिजयलाल कायस्थले आफ्नै कार्यालयबाट प्रहरी खटाइ अप्रेसन गरेका हुन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel