• Breaking News

    Wednesday, November 8, 2017

    एक लाख घुससहित गौर अस्पतालका अधिकृत पक्राउ


    काठमाडौँ, २१ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

    आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले आज पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel