• Breaking News

    Saturday, November 4, 2017

    राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन : नेम्वाङ


    १९ कात्तिक, इलाम । नेकपा(एमाले)का नेता सुवास नेम्वाङले मुलुकको राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताएका छन ।

    चुलाचुली गाउँपालिकामा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेम्वाङले भने, “राजनीतिक स्थायित्वका लागि गठबन्धन हो, यो कुनै पार्टी विरूद्ध गरिएको हैन ।”

    पूर्वसभामुख नेम्वाङले अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको विचार व्यक्त गर्दै संविधानतः गठन भएका र विचार मिल्ने शक्तिबीच एकता हुनु कुनै अनौठो नभएको बताए ।

    इलाम निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेर चुनावीसभामा उत्रिएका नेम्वाङले अबको पाँच वर्ष कम्युनिष्ट दलहरूले देशको नेतृत्व गर्ने जिकिर गर्दै भने, “वाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि होइन । ”

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel