• Breaking News

    Saturday, November 4, 2017

    प्रचण्डले भने, स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन


    १९ कात्तिक, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताएका छन ।

    पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै सो कुरा बताएका हुन । उनी चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र न ३ का उम्मेदवार हुन । सो अवसरमा प्रचण्डले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताएका छन ।

    चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी क्षेत्र नं ३ मा भएको उनको भनाइ थियो ।
    कार्यक्रममा शनिबार राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना, एमालेका नेता देवी ज्ञवाली, वाम गठबन्धनबाट प्रदेश क्षेत्र नं ३ (क) का उम्मेदवार कृष्ण भुर्तेल, ३ (ख) का उम्मेदवार रामलाल महतोलगायतले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel