
२३ कात्तिक, नयाँदिल्ली । बेलायतका राजकुमार चाल्र्स र उनकी श्रीमती कामिला पार्कर बोल्स दुईदिने भ्रमणका लागि भारत आइपुगेका छन । बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
तस्विर: एएफपी
भेटवार्ताका क्रममा उनीहरूका बीचमा दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उनीहरू बुधबार भारत आइपुगेका हुन ।
बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ ।
No comments:
Post a Comment