
२१ कात्तिक, एजेन्सी ।
अमेरिकाको टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाउनु अघि आक्रमणकारीले परिवार र आफन्तसँग झगडा गरेको खुलेको छ । सासु तथा श्रीमतीको परिवारसँग विवाद भएकाले डेविन प्याट्रिक केलीले गोली चलाएको अनुसन्धानमा खुलेको हो ।
प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको अनुसन्धानमा संलग्न अधिकारीको भनाई छ । प्याट्रिक केलीकी सासु मिसेली स्चिएल्डस गोलीकाण्ड भएका बेला चर्चमा नै उपस्थित रहेको बताइएको छ । प्याट्रिक केलीकी आमा लुका ह्वाइटको भने गोली लागेर मृत्यु भएको छ ।
आइतबारको नियमित प्राथनाका लागि मानिस जम्मा भएका बेला प्याट्रिकले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएका थिए । प्याट्रिकले अन्धाधुन्ध गोली चलाउँदा छब्बिस जनाको मृत्यु भएको थियो भने चौविस जना घाइते भएका थिए ।
मृत्यु हुनेमा आधाभन्दा बढि बालबालिका छन् । अन्धाधुन्ध गोली चलाएका प्याट्रिक केलीको घटना लगतै जवाफी कारवाहीमा मृत्यु भएको थियो ।
No comments:
Post a Comment