• Breaking News

    Wednesday, November 8, 2017

    लोकतन्त्र रक्षाका लागि काँग्रेसले जित्नुको विकल्प छैन : उपप्रम गच्छदार


    २३ कात्तिक, इनरुवा । नेपाली काँग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन ।

    मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिएका छन ।

    बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै गच्छदारले सो कुरा बताएका हुन । गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि काँग्रेसको जित आवश्यक रहेको बताएका छन ।

    मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel