• Breaking News

    Sunday, November 5, 2017

    कोमल ओलीको वागी उम्मेदवारी फिर्ता, वाम गठबन्धनलाई समर्थन


    १९ कात्तिक, दाङ । दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    एमाले नेताहरुसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको ओलीले अनलाइनखबरलाई बताइन् । उनले भनिन्, ‘अब म वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दिलोज्यान दिएर लाग्नेछु ।’एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।

    त्यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्माका दुई बागी उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

    पार्टीका नेताहरुसँगको छलफलपछि बागी उम्मेदवारी दिने पूर्व सभासद कुवेर ओली र वाईसीएल केन्दि्रय नेता गेदलाल भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    २०७४ कार्तिक १९ गते १४:०६ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel