• Breaking News

    Wednesday, November 1, 2017

    नारायणगढ मुग्लिन सडक बन्द गर्ने की नगर्ने अझै अन्यौलमा


    १५ कात्तिक, चितवन ।
    दशैंदेखि छठ पर्वसम्मलाई लक्षीत गरी २४ घण्टा खुला गरिएको नारायणगढ मुग्लिन सडकखण्ड बन्द गर्ने की नगर्ने भन्ने विषयमा अन्यौल देखिएको छ । दिउँसोको समयमा सडक बन्द गरेर काम नगरे तोकिएको समयमा निमार्ण कार्य नसकिने आयोजनाले बताएको छ भने प्रशासनले एकातर्फी मात्र सडक वन्द गरेर काम गर्न सुझाव दिएको छ । आयोजनाले एकातफी(वान वे) वन्द गर्दा काम गर्न झन कठिन हुने बताएको छ ।

    नारायणगढ मुग्लिन सडक आयोजनाले प्रशासनसँग समन्वयको लागि पत्र पठाएको थियो । प्रशासनले अहिले बन्दै गरेर काम गर्नु भन्दा वान वे बन्द गरेर काम गर्न सुझाव दिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले सडक कालोपत्रेको काम र केही स्थानमा अझै सडक फराकिलो गर्नुपर्ने काम बाँकी भएकाले वान वे गर्दा काम गर्न कठिनाई हुने बताए । दिउँसोको समयमा बन्द गरेरै काम गर्ने वातावरण वनाईदिन हामीले प्रशासनसँग अनुरोध गरेका छौ’ इन्जिनियर खनालले भने- समयमै काम सम्पन्न गर्ने हो भने बन्दै गरेर काम गर्नुपर्छ ।

    ’मंसिर देखि बैशाख सम्म मूख्य काम गर्ने मौषम भएकाले यो समयमा दैनिक ८ घण्टा काम गर्ने वातावरण भएमा २०७४ चैत मसान्त सम्ममा पहिलो तहको काम सम्पन्न गर्न सकिने बताउदै खनालले यही मौषममा काम गर्न नसके बर्षा सुरु हुने भएकाले थप समस्या आउने बताए । निर्माणको क्रममा दिउसोको समयमा वन्दै हुदै आएको सडक पहिरोको जोखिम र यात्रुको सुरक्षाको दृष्टिकोणले रातको समयमा यातायात बन्द गर्नुपरेको थियो । चाडपर्वलाई लक्षीत गरि दशैं अगाडीबाट २४ घण्टानै यातायात सञ्चालनमा ल्याइएको थियो । सवारी चाप धेरै हुने भएकाले सडक बन्द नभएको समयमा निर्माणको काम प्रभावीत भएको थियो । सडक निर्माणको कामलाई सहज गराउनका लागि यसअघि दिनको समयमा विहान १० देखि ४ वजेसम्म यस सडक बन्द हुँदै आएको थियो ।

    पहिलो खण्डको निर्माण कम्पनीले आपटारी देखि पिचको काम सुरु गरेको छ । पहिलो खण्डमा ४ किमि सडक पिच भइसकेको छ । दोश्रो खण्डमा पनि ३ किलोमिटर सडक पिच भइसकेको आयोजनाका इन्जिनियर खनालले बताए । तेश्रो खण्डमा १ किलोमिटर सडक पीच भएको छ । ३३ किलोमिटर रहेको सडकखण्डमा ९ किलो मिटर कालोपत्रे भइसकेको जानकारी दिदै खनालले वाँकी २४ किलोमिटर कालोपत्रे गर्न सडक वन्द गर्न सकिए सजिलो हुने बताए । नारायणगढदेखि १६ किलोमिटर दुरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । राजधानीलाई जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकको निर्माण क्रममा हाल सम्म ५७ प्रतिशत काम सकिएको छ । यस अवधी सम्ममा ७८ प्रतिशत काम सकिनु पर्नेमा ५७ प्रतिशत काम सकिएको हो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel