२१ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आम मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिद विक्रीमा नलाग्न आह्वान गरेका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्वाचन आयोगले गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा उनले आम राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गरे । आयुक्त यादवले जनशक्ति खटन पटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरुलाई आग्रह गरे ।
निर्वाचनमा देखिने चुनौतीको समाधान गर्दै मतदानस्थलमा खटिने जनशिक्तको उचित ब्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचनमा प्रचार÷प्रसारको बोर्डहरु, ब्यानर, झण्डा र पोष्टरहरुले रंगाउन सक्ने भएकाले त्यस्ता बस्तुहरुलाई महानगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गरे ।

No comments:
Post a Comment