• Breaking News

    Wednesday, November 8, 2017

    शौचालयबाट भागेका बलात्कार आरोपी भारतबाट पक्राउ


    २२ कात्तिक, काठमाडौं । अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई पाँच दिनपछि आज बिहान भारतबाट पक्राउ गरिएको छ ।

    बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको भद्रपुर नगरपालिका ५ निवासी २० बर्षिय रोशन माझी गत शुक्रवार साझँ ८ बजे मेची अञ्चल अस्पताल भद्रपुरको शौचालयबाट फरार भएका थिए ।
    भारतको गलगलिया प्रहरी चौकीको सहयोगमा माझीलाई किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्जमा रहेको उनको फुपुको घरबाट विहान ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel