• Breaking News

    Wednesday, November 8, 2017

    ‘बोक्सी’ प्रथाको कथामा ‘अग्नीदहन’


    चलचित्र ‘अग्नीदहन’को फस्टलुक रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केही फरक शैलीको फस्टलुक रिलिज गरिएको हो । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’सँगको सहकार्यमा निर्माण भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

    यो चलचित्रलाई बोक्सी प्रथा अझै उन्मुलन नभएका स्थानमा प्रदर्शन गरिने यसको निर्माणपक्षले बताएको छ । यो चलचित्रका प्रस्तुतकर्ता कोवित शरण उपाध्याय हुन् ।

    यो चलचित्रमा कथा, पटकथा, संवाद लोकमणि पौडेलको छ भने परिकल्पना निर्माता उपाध्यायकै छ । चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, जेशन कुँवरको पाश्र्व संगीत, दीर्घ खड्काको सम्पादन छ । यो चलचित्रले बोक्सी प्रथा उन्मुलनमा भूमिका खेल्ने बताइएको छ

    २०७४ कार्तिक २३ गते १०:४५ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel