२० कात्तिक, काठमाडौं । नेपालमा पहिलो पटक सर्पदंशको औषधि ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधी उत्पादन गर्ने भएको हो ।
८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधी उद्योगबाट अबको ३ वर्षभित्र सर्पदंशको औषधी उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फूयाँलले जानकारी दिए । बार्षिक १५ लाख भाएल अर्थात् १ अर्ब ५३ करोड बराबरको औषधी उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ ।
कम्पनी स्थापनाबाट ४ सय जनाले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक एक अर्ब बराबरको विदेशी मुद्रा भित्रयाउने लक्ष्य छ ।

No comments:
Post a Comment