
- नेपाली हेल्थ
काठमाडौँ, १५ कात्तिक । सर्बोच्च अदालतले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन गर्न रोक लगाएको हो । काठमाडौं नेसनल कलेजका तर्फबाट डा. जैनुद्दिन अन्सारीले असोज ३१ गते रिट दर्ता गरेका थिए ।
यसअघि त्रिवि कार्यकारी परिषदले साउन १२ गते सम्बन्धन दिएको थियो । सो विरुद्ध डा. गोविन्द केसी अनसन बसेपछि सम्वन्धन खारेजी गरेको थियो ।
No comments:
Post a Comment