• Breaking News

    Monday, November 6, 2017

    पाँच दिनदेखि महिला बेपत्ता


    २१ कात्तिक, इलाम । गएको पाँच दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । माई नगरपालिका–८ कलकत्तेकी ३३ वर्षीया सुमित्रामाया लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    गत कात्तिक १७ गते दानाबारीस्थित शुक्रबारे बजारमा हटिया भरेर घर फर्कने क्रममा लिम्बू घर नपुगेको पारिवारिक स्रोतले जनाएको छ ।

    लिम्बू अहिलेसम्म घर नफर्केपछि परिवारले खोजतलासका लागि दानाबारी प्रहरी चौकीमा निवेदन दिएपछि प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel