• Breaking News

    Wednesday, November 1, 2017

    कांग्रेसका अधिकांश केन्द्रिय नेता समानुपातिक सूचीमा


    १५ कात्तिक, काठमाडौं ।

    प्रदेश र प्रतिनिधि सभा चुनावमा महिलालाई अवसर नदिएको गुनासो आइरहेको बेला नेपाली कांग्रेसका अधिकांश केन्द्रिय महिला नेतृ समानुपातिक सूचीमा परेका छन् ।

    नेपाली कांग्रेसले पार्टी कोषाध्यक्ष सीतादेवी यादवदेखि सुजाता कोइराला समेतलाई समानुपातीक सूचीमा राखेको छ । निर्वाचन आयोगमा पेश भएको अन्तिम चुनीमा उद्योगपति विनोद चौधरी सहित एक दर्जन केन्द्रीय सदस्य परेका छन् । विभिन्न वर्ग, क्षत्र र समुदायको समावेशी सूची पेश गर्नुपर्ने प्रावधान भित्र रहेर कांग्रेसले प्रतिनिधिसभा तर्फ ५५ जना महिला परेका छन् ।

    यसअघि समानुपातिक सूचीबाट सांसद बनेका नेतालाई पुनः नदोहो-याउने निर्णय गरेको कांग्रेसको सुचीमा चित्रलेखा यादव, बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर परेका छन् ।

    पुष्पा भुसाल, पार्टी नेता खुमबहादुर खड्का पत्नी शिला खड्का, डिला संग्रौला, महिला संघकी अध्यक्ष उमा रेग्मी, मञ्जु खाँण, मीना पाण्डे पनि समानुपातिक सूचीमै छन् । कांग्रेसले केन्द्रिय नेताहरु मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, बहादुर सिंह लामा, खिमप्रसाद भुसाल, जिपछिरिङ लामा, पद्मनारायण चौधरीलाई पनि समानुपातिक सूचीमा राखेको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel